इँटा उद्योग महासंघको सिन्डिकेट प्रभाव : दुई करोडको ‘सेटिङ’ले धराशायी बन्यो उद्योग
ratopati.com · Sat Aug 15 14:45:00 GMT 2026

विराटनगर । सरकारले प्रत्येक वर्ष माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न नपाउने गरी गरेको निर्णयका कारण नेपालका इँटा उद्योगीहरू गम्भीर सङ्कटमा परेका छन् ।
मौसमी प्रकृतिको यस उद्योगमा प्रशासनिक आदेशका भरमा उत्पादन अवधि सीमित गरिँदा अर्बौँको लगानी जोखिममा परेको, हजारौँ कामदारको रोजगारी खोसिएको र बजारमा इँटाको कृत्रिम अभाव सिर्जना भई मूल्य बढेको उद्योगीहरूको दाबी छ । यो निर्णयको चौतर्फी विरोध भइरहेका बेला एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रालि सुनसरीका प्रबन्ध निर्देशक तथा उद्योगी भीम घिमिरेले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै उक्त निर्णय र सम्बन्धित निर्देशनहरू तत्काल खारेज गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।
Read full story at source (ratopati.com)