नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
nepalnews.com · Sat Aug 15 16:11:35 GMT 2026

काठमाडौँ। नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। कम्पनीले आज (शनिबार) सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आवको सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो।
आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो। एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको हो। कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ।
Read full story at source (nepalnews.com)