खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो
reportersnepal.com · Sat Aug 15 16:38:32 GMT 2026
कास्की । पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको परिचय खुलेको छ ।
बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा १४ वर्षीय निकसन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा–१४ चाउथे बस्ने सुवास राईको १५ वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
Read full story at source (reportersnepal.com)