प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
ratopati.com · Sat Aug 15 23:12:12 GMT 2026

चितवन । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।
प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताए । उनका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपरेको हो ।
Read full story at source (ratopati.com)