वर्षायाममा सहज बन्न सकेन बेँसीसहर–चामे सडक
lokaantar.com

डुम्रे–बेँसीसहर–चामे सडकको ट्रयाक खोलिएको करिब तीन दशक बढी भयो । यस सडकको लमजुङतर्फको सडक अझैसम्म पनि सहज बनाउन सकिएको छैन । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले निर्माण तथा मर्मतको काम गर्दै आएको भए पनि अपेक्षाकृत काम भने हुन सकेको छैन ।
सडक आयोजनाले मात्रै काम गर्दा पूरा नहुँदा स्थानीयवासीका साथै पर्यटकीय क्षेत्र मनाङ पुग्न सास्ती भोग्नुपर्ने बाध्यता रहेको छ । हिउँदयाममा कच्ची सडकमा सहज यात्रा गर्न सकिन्छ भने वर्षायाममा सकस हुने गरेको छ । वर्षायाममा मनाङको मेरुदण्ड (लाइफलाइन) तथा एक मात्र स्थलमार्गका रूपमा रहेको सडक जोखिम भए पनि सहज यात्रा गर्न सकिने अवस्था नरहेको स्थानीय फुर्पा लामाले बताए ।
Read full story at source (lokaantar.com)