भन्सार कडाइले सार्थकता पाएकामा खुसी
barnanmedia.com · Sat Aug 15 23:41:30 GMT 2026

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले अहिलेको सरकार स्पष्ट जनादेशसहित आएको भएको बताउनुभएको छ । शनिबार नेपालगन्ज उद्योग वाणिज्य महासङ्घको ३४ र ३५औँ वार्षिक साधारणसभामा उहाँले पाँच वर्षका लागि जनताले म्यान्डेट दिएको सरकार भएको उल्लेख गर्दै सरकारले सय दिनमै सबै कुरा गरिसक्नुपर्छ भन्ने नभएको र सबै कुरा गर्न सम्भव नहुने बताउनुभयो ।
उपाध्यक्ष वैद्यले अघिल्ला सरकारले गरेका नीतिको कमजोरी सच्याउन आग्रह गर्दै भन्सार कडाइले सार्थकता पाएकामा खुसी व्यक्त गर्नुभयो । राज्यले अहिले भन्सारमा कडाइ गरेको छ, त्यसले गर्दा व्यापक रूपमा हाम्रो व्यवसाय सञ्चालन गर्न सहज भएको उपाध्यक्ष वैद्यले भन्नुभयो । विगतमा खुला सीमाका कारण देशका नाकामा रु तीन–चार करोडबराबरको राजस्व चुहावट हुने गरेको समेत उहाँले उल्लेख गर्नुभयो ।
Read full story at source (barnanmedia.com)