दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज
nagariknews.nagariknetwork.com · Sun Aug 16 00:44:16 GMT 2026

छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन्।
कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन्। अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ। राना समुदायमा तिज पर्व आउन १५ दिनअगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ।
Read full story at source (nagariknews.nagariknetwork.com)