रोल्पाको लुङ्ग्रीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया महिलाको मृत्यु
annapurnapost.com · Sun Aug 16 00:56:51 GMT 2026

रोल्पा : रोल्पाको लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार साउन ३० गते राति परेको अविरल वर्षाका कारण लुङ्ग्री गाउँपालिका-५ धैरेनीमा पहिरो खसेर ७२ वर्षीया अम्मी गुरुङको घर पुरिएको हो।
घरमा सुतिरहेको अवस्थामा माथिबाट एक्कासि पहिरो खसेपछि गुरुङ पुरिएकी थिइन्। घटनाको जानकारी साउन ३१ गते बिहान करिब ३ बजे प्रहरी चौकी किलाचौर रोल्पामा प्राप्त भएको थियो।
Read full story at source (annapurnapost.com)