सवारी साधनमा ५ वर्षमा बाहिरियो ४७० अर्ब
annapurnapost.com · Sun Aug 16 00:53:16 GMT 2026

काठमाडौं : नेपालमा २०२१ देखि २०२६ सम्ममा ४ सय ७० अर्ब ५० करोड रुपियाँ बराबरको सवारी साधन र पार्टपुर्जा आयात भएको छ। व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार उक्त मूल्य बराबरका मोटरसाइकल, कार, जिप, बस, ट्रकदेखि टायर, इन्जिन, ब्याट्री र अन्य पार्टपुर्जा आयात भएका हुन्। जसमा साना सवारी साधको संख्या उल्लेख्य रहेको पाइएको छ। जसमा कुन ५ वर्षको आयातको ५८ प्रतिशतभन्दा बढी मोटर कार र मोटरसाइकलले ओगटेको पाइएको छ।
पूर्वाधार विकास समितिका सभापति तथा सांसद आशिष गजुरेलले यसरी सवारी आयात हुँदा ट्राफिक जाम बढाउने, सडक अस्तव्यस्त हुने हुँदा सार्वजनिक ठूला सवारी भित्र्याउनु पक्षमा लाग्नुपर्ने बताए। उनले भने, ‘सार्वजनिक सवारीसाधन र फुटपाथ तथा साइकल लेनलाई प्राथमिकता ल्याउने सरकारको नीति रहेको छ, हामीले पनि त्यसैअनुसार नीति बनाउने योजनामा छौं।’
Read full story at source (annapurnapost.com)