पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षा हुन सक्ने
barnanmedia.com · Sun Aug 16 00:47:57 GMT 2026

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर साधारणतया बादल लागेको छ । वाग्मती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोसी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ ।
Read full story at source (barnanmedia.com)