उत्तरी ध्रुवको चिसो समुद्री मार्गले कसरी जोडिरहेछ चीन र रुसलाई
barnanmedia.com · Sun Aug 16 01:35:14 GMT 2026

मे महिनाको अन्त्यतिर विशाल ‘क्रिस्टोफ डे मार्गेरी ट्यांकर’ ‘नर्दर्न सि रुट (एनएसआर)’ हुँदै अघि बढ्दा समुद्र अझै बाक्लो बरफले ढाकिएको थियो । यस जहाजको लागि यो सिजनको पहिलो यात्रा थियो । जहाज भर्खरै अमेरिकी प्रतिबन्धमा परेको रुसको आर्कटिक क्षेत्रमा रहेको ‘आर्कटिक एलएनजी–२’ नामक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) केन्द्रसँग जोडिएको एउटा बन्दरगाहमा रोकिएको थियो । त्यसपछि अधिकांश यात्रामा आइसब्रेकरको सहयोगमा यो ट्यांकर उत्तरी ध्रुवीय (आर्कटिक) क्षेत्र र बेरिङ सागरका हजारौँ माइल पानी पार गर्दै अघि बढ्यो ।
करिब दुई साताको यात्रा पूरा गरेर जहाज रुसको सुदूरपूर्वमा अवस्थित सोभियतकालमा सैन्य बस्ती रहेको कामचात्का प्रायद्वीप पुग्यो । त्यहाँ एउटा एकान्त खाडीमा जहाज प्रवेश गर्यो ।
Read full story at source (barnanmedia.com)