मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना
nepallive.com · Sun Aug 16 01:42:41 GMT 2026

काठमाडौं– देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ।
Read full story at source (nepallive.com)