विश्वकप र विवाहपछि प्रशिक्षणमा फर्किए रोनाल्डो
annapurnapost.com · Sun Aug 16 01:36:20 GMT 2026
एजेन्सी /रियाद: विश्व फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको जीवनमा पछिल्ला केही साता निकै व्यस्त र भावनात्मक बनेका छन्। २०२६ फिफा विश्वकपमा पोर्चुगलको यात्रा अन्तिम १६ मै टुंगिएपछि केही समय मैदानबाट टाढा रहेका रोनाल्डोले व्यक्तिगत जीवनमा महत्वपूर्ण निर्णय लिँदै लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। विवाहको दुई दिनमै उनी पुनः क्लब फुटबलको तयारीमा फर्किएका छन्। ४१ वर्षीय रोनाल्डोले गत मंगलबार पोर्चुगलको कास्काइसमा जर्जिनासँग निजी समारोहबीच विवाह गरेका थिए।
करिब एक दशक लामो सम्बन्धपछि भएको यो विवाहलाई उनीहरूको पारिवारिक जीवनको नयाँ अध्यायका रूपमा हेरिएको छ। विवाहको पुष्टि रोनाल्डोको व्यवस्थापन टोलीले गरेको थियो भने रोनाल्डो आफैंले सामाजिक सञ्जालमा विवाहका औँठी देखिने तस्बिर सार्वजनिक गर्दै सम्बन्धलाई औपचारिक रूप दिएका थिए।
Read full story at source (annapurnapost.com)