लालकिल्लाबाट मोदीले घोषणा गरेको ‘सप्तधारा’ के हो ?
barnanmedia.com · Sun Aug 16 01:37:26 GMT 2026

काठमाडौं । भारतको ८० औँ स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार १३औँ पटक लालकिल्लाको प्राचीरबाट राष्ट्रिय झण्डा फहराए । करिब सवा घण्टा लामो सम्बोधनमा मोदीले आफ्नो सरकारका उपलब्धिहरूको चर्चा गर्दै भविष्यका नीतिसँग सम्बन्धित नयाँ घोषणा गरे ।
उनले उत्पादन, रक्षा सामग्री उत्पादन र विद्युत् उत्पादन बढाउन जोड दिए । साथै, देशमा सेमिकन्डक्टर उद्योग र आणविक ऊर्जालाई प्रवर्द्धन गर्ने घोषणा गरे । उनले ‘भारतलाई सशस्त्र नक्सलवादबाट मुक्त’ गर्न सफलता हासिल भएको दाबी पनि गरे । विश्व बजारमा मलको संकट भए पनि किसानलाई सस्तोमा मल उपलब्ध गराइएको उनले बताए ।
Read full story at source (barnanmedia.com)