जाजरकोट अपडेटः ३ जना सम्पर्कविहीन, १० जना घाइतेको विभिन्न अस्पतालमा उपचार जारी
nepalpress.com · Sun Aug 16 01:59:22 GMT 2026

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् ।
हिजो दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि ५० जनाको टोली परिचालन गरिएको छ । उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ५० जनाको टोली खटिएको हो ।
Read full story at source (nepalpress.com)