विदेश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने ३ जना पक्राउ
clickmandu.com · Sun Aug 16 02:08:14 GMT 2026

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहा घर भई ललितपुर महानगरपालिका–१ बस्ने ४३ वर्षीय हर्षनारायण चौधरी, म्याग्दी घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ४१ वर्षीय पदमबहादुर खड्का क्षेत्री र सप्तरी घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ४८ वर्षीय शिवनारायण चौधरी रहेका छन् ।
Read full story at source (clickmandu.com)