इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प : मृतक संख्या ४७ पुग्यो, सयौं भवन भत्किए
nagariknews.nagariknetwork.com · Sun Aug 16 01:56:03 GMT 2026

इन्डोनेसियाको तटमा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
जानकारी अनुसार ५० जना घाइते भएका छन् भने धेरै भवनहरू भत्किएका छन्। अधिकारीहरूले दर्जनौं बासिन्दा घाइते भएको र मृत्यु हुनेको संख्या अझै बढ्ने चेतावनी दिएका छन्। भूकम्पलगत्तै अधिकारीहरूले सुनामी चेतावनी जारी गर्दै तटीय बासिन्दाहरूलाई अग्लो स्थानमा सर्न आग्रह गरेका थिए। तर, मौसम विज्ञान विभागले समुद्र सतहमा कुनै खतरनाक परिवर्तन नदेखिएको बताएपछि चेतावनी हटाइएको थियो। यद्यपि, केही स्थानमा साना सुनामीका छालहरू भने रेकर्ड गरिएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)