चिनियाँ कारको बिक्री विदेशमा तीव्र
kendrabindu.com · Sun Aug 16 02:17:32 GMT 2026

काठमाडौं । चीनको कार उद्योग वैदेशिक बजारमा तीव्र रूपमा विस्तार भइरहेको छ । युरोपदेखि दक्षिणपूर्वी एसियासम्मका बजारमा आक्रामक रूपमा प्रवेश गरिरहेका चिनियाँ कार निर्माताले टोयोटा मोटर र भोल्क्सवागेनजस्ता स्थापित अटो निर्मातामाथि दबाब बढाइरहेका छन् ।
तर, चीनभित्र भने अवस्था फरक छ । कमजोर उपभोक्ता माग र वर्षौँदेखि जारी तीव्र मूल्य प्रतिस्पर्धाका कारण गत वर्षको अन्त्यदेखि कार बिक्री लगातार घटिरहेको छ । यसले विश्वकै सबैभन्दा ठूलो अटो बजारमा उत्पादन क्षमता मागभन्दा बढी हुने अवस्था सिर्जना गरेको रोयटर्सले जनाएको छ । बीवाइडी, जिली र चेरीजस्ता प्रमुख चिनियाँ कार निर्माताले लामो समयदेखि विश्वव्यापी विस्तारको महत्त्वाकांक्षा राख्दै आएका छन्।
Read full story at source (kendrabindu.com)