कन्टेन्ट क्रिएसनमा कडाइ गर्दै सामाजिक सञ्जाल प्लाटफर्म
kendrabindu.com · Sun Aug 16 02:25:48 GMT 2026

काठमाडौं । युट्युब, एक्स, स्पटिफाई, टिकटकजस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लाटफर्ममा पोस्ट हुने कन्टेन्टमार्फत कमाइ गर्ने विकल्पहरूमा कडाइ गर्ने भएका छन् । यो साता मात्रै युट्युब र एक्सले मनिटाइजेसनका नियम कडा पार्ने घोषणा गरे । स्पटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आम्दानीलाई मौलिक र व्यावसायिक कन्टेन्टसँग जोड्दै लाने घोषणा गरिसकेका छन् ।
युट्युबले सोमबार युट्युब पार्टनर प्रोग्राममा सन् २०१८ यताकै ठूलो परिवर्तनको घोषणा गर्यो । युट्बयुले सबै देशमा ‘प्रिमियम लाइट’ सदस्यता विस्तार गर्दै छ । यसमा कुल सब्सक्रिप्सनबाट हुने आम्दानीको ६० प्रतिशत र प्रिमियमबाट ३० प्रतिशत हिस्सा क्रिएटरले पाउने युट्युबले जनाएको छ । सन् २०२७ को फेब्रुअरीदेखि विज्ञापन र प्रिमियमबाट आम्दानी गर्न चाहने नयाँ क्रिएटरले १२ महिनामा ८ हजार घण्टा ‘क्वालिफाइड वाच आवर’ वा ९० दिनमा २ करोड ‘क्वालिफाइड सर्ट्स भ्युज’ पूरा गर्नुपर्नेछ । यसअघि यस्तो सीमा क्रमशः ४ हजार घण्टा र १ करोड भ्युज थियो । यो फेरबदलले सक्रिय क्रिएटरलाई पुरस्कृत गर्ने र सन् २०२६ को तुलनामा २०२७ मा क्रिएटरलाई बढी रकम तिर्ने अपेक्षा गरिएको जनाएको छ ।
Read full story at source (kendrabindu.com)