एसियाली खेलकुदमा बब्लु निर्णायक
annapurnapost.com · Sun Aug 16 02:54:39 GMT 2026
काठमाडौं : नेपाली तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक बब्लु सिवाकोटीले जापानको आइची–नागोया सहरमा आयोजना हुने २०औं एसियाली खेलकुदमा तेक्वान्दोको निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुने एसियाली खेलकुदमा बब्लु एसियाका उत्कृष्ट ४० अन्तर्राष्ट्रिय निर्णायकमा छनोट भएका हुन्।
ग्योरोगी र पुम्से दुवै विधामा अन्तर्राष्ट्रिय निर्णायकको मान्यता प्राप्त सिवाकोटीका लागि एसियाडमा निर्णायकको जिम्मेवारी नेपाली तेक्वान्दोको प्राविधिक क्षमताको अन्तर्राष्ट्रिय पहिचानका रूपमा हेरिएको छ। उनी नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य तथा टेक्निकल डेलिगेट्स (टीडी) समेत हुन्।
Read full story at source (annapurnapost.com)