पहिरोमा परेर रोल्पामा ५ दिनमा १८ जनाको मृत्यु
kendrabindu.com · Sun Aug 16 03:13:24 GMT 2026

रूपन्देही । लुम्बिनी प्रदेशको पहाडी जिल्ला रोल्पामा ५ दिनमा पहिरोले पुरिएर १८ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले च्यापिएर ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जनाएका छन् ।
Read full story at source (kendrabindu.com)