काठमाडौंसहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
corporatenepal.com · Sun Aug 16 03:18:17 GMT 2026

काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौंसहित विभिन्न २९ जिल्ला आसपासका साना नदी तथा खोलामा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने जनाएको छ। महाशाखाले आइतबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार कोसी, नारायणी, बागमती, कर्णाली र महाकाली तथा तिनका सहायक नदीमा हाल पानीको बहाव सतर्कता तहभन्दा तल छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्ती नदीको बहाव पनि सतर्कता तहभन्दा तल रहेको छ।
यद्यपि आगामी २४ घण्टामा ती नदी तथा सहायक नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।
Read full story at source (corporatenepal.com)