सरकार र एनआरएनको संयुक्त कम्पनीलाई विदेशी मुद्रामा आईपीओ निकाल्ने सुविधा
kendrabindu.com · Sun Aug 16 03:24:11 GMT 2026

काठमाडौ । सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित कम्पनीले विदेशी मुद्रामा प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्न पाउने भएका छन्। धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ संशोधन गरेर नेपाल धितोपत्र बोर्डले सरकार र एनआरएनको संयुक्त लगानीमा स्थापना भएको कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउने व्यवस्था गरेको हो।
संशोधित नियमावली स्वीकृतिका लागि अर्थ मन्त्रालय पुगेको छ। अब बस्ने मन्त्रिपरिषद् बैठकमा उक्त नियमावली स्वीकृत हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ। संशोधित व्यवस्था जस्ताको तस्तै स्वीकृत भए विदेशमा कार्यरत गैरआवासीय नेपालीले विदेशी मुद्रामै आईपीओमा लगानी गर्न पाउनेछन्।
Read full story at source (kendrabindu.com)