आफ्ना तीन पाइलटलाई कतारले बन्धक बनाएको इरानको दाबी
annapurnapost.com · Sun Aug 16 03:16:25 GMT 2026

काठमाडौं : इरानले आफ्ना तीन जना पाइलट कतारको नियन्त्रणमा रहेको दाबी गरेको छ। इरानको सशस्त्र बलको 'जनरल स्टाफ' अन्तर्गत रहेको बेपत्ता खोजतलास समितिका प्रमुखले ती पाइलटहरूको वास्तविक स्थिति सार्वजनिक गर्न र खोजी कार्यमा सहयोग पुर्याउन अन्तर्राष्ट्रिय रेडक्रस समिति सँग आग्रह गरेका छन्।
इरानी सञ्चारमाध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीका अध्यक्ष मारियाना स्पोल्यारिकलाई पत्र लेख्दै गत २ मार्च २०२६ मा दुईवटा 'सुखोई-२४' युद्धक विमान कतारस्थित 'शत्रु सैन्य बेस' लाई लक्षित गरी पठाइएको उल्लेख गरेका छन्। तोकिएको मिसन पूरा गरी फर्कने क्रममा शत्रु पक्षको कारबाहीका कारण चार जना इरानी पाइलट प्रभावित भएको उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)