कुवेतमा मदिरा, जीवनकै खतरा
annapurnapost.com · Sun Aug 16 03:16:19 GMT 2026

कुवेत : संयोगले कुवेत सहर घुम्ने मौका मिल्यो। दुबईबाट कुवेत सहर प्रस्थान गर्दै गर्दा ‘ड्ययुटी फ्री’ मा मदिराका बोतलहरूमा आँखा नपरेका होइनन्। उपहार लगिदिनु पर्ने र कसैले पनि नमगाएको हुँदा खाली हात कुवेत लागियो। अक्सर छुट्टीमा जाने नेपालीहरू ड्युटी फ्रीमा रक्सीका बोतलहरू छानिरहेका भेटिन्छन्।
कुवेतमा बस्ने नेपालीहरूका लागि सबैभन्दा ठूलो सांस्कृतिक फरकमध्ये एक हो, रक्सीमाथिको पूर्ण प्रतिबन्ध। नेपालमा सामाजिक, सांस्कृतिक वा पारिवारिक जमघटमा सामान्य रूपमा देखिने मदिरा कुवेतमा भने कानुनी रूपमा निषेधित वस्तु हो। रक्सी खानु त परको कुरा, उत्पादन गर्न, बेच्न, किनेर राख्न वा ओसारपसार गर्न समेत पाइँदैन।
Read full story at source (annapurnapost.com)