जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता
reportersnepal.com · Sun Aug 16 03:33:25 GMT 2026

काठमाडौं, साउन ३१ । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परेर सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ । अन्य तीन जना स्वास्थ्य लाभ गरेर घर फर्केका छन् ।
Read full story at source (reportersnepal.com)