जाजरकोट पहिरोमा दुई जनाको मृत्यु
ratopati.com · Sun Aug 16 04:14:41 GMT 2026

जाजरकोट । अविरल वर्षासँगै गएको पहिरोमा परी जाजरकोटमा दुई जनाको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका वडा नं. २ मा गएको पहिरोमा परेर दुई स्थानीयको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर खड्काका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ५२ वर्षीय केदार कार्की र सोही वडाको थलहका ५४ वर्षीया इमानसिंह खत्री रहेका छन्। पहिरोले घर पुरिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (ratopati.com)