पौवादुङमा महिलालाई आत्मनिर्भर बनाउन बङ्गुर पालनमा अनुदान
kendrabindu.com · Sun Aug 16 04:10:09 GMT 2026

भोजपुर । पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको छ । गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरेको ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’मार्फत बङ्गुरका पाठापाठी तथा खोर निर्माणमा ५० प्रतिशत अनुदान पाएपछि महिला व्यावसायिक बङ्गुरपालनमा जुटेका हुन् ।
पौवादुङमा गाउँपालिका–४ बास्तिमकी बर्तमाया राई गाउँपालिकाको सहयोगमा खोर निर्माणसँगै उन्नत जातका बङ्गुरका पाठापाठी पाएपछि व्यावसायिक रूपमा बङ्गुरपालन थालेको बताउाछीद्द् । हाल उद्लेद उन्नत जातका १० वटा बङ्गुरका पाठापाठीबाट व्यवसाय सुरु गरेकी छन् ।
Read full story at source (kendrabindu.com)