क्रुश्नरको भ्रमणअघि कायरो हिँडे हमासका नेता
ratopati.com · Sun Aug 16 04:39:42 GMT 2026

गाजापट्टी । हमासका राजनीतिक नेता तथा गाजा वार्ताका प्रमुख वार्ताकार खलिल अल–हय्या गाजाको पछिल्लो अवस्थाबारे छलफल गर्न इजिप्टको राजधानी कायरोतर्फ प्रस्थान गरेका छन् । हमाससम्बद्ध स्रोतका अनुसार अल–हय्याले आइतबार बिहान इजिप्टका गुप्तचर प्रमुख हसन रशादसँग भेटवार्ता गर्नेछन् । जुलाईको अन्त्यमा हमासको नेतृत्व सम्हालेपछि अल–हय्याको यो पहिलो इजिप्ट भ्रमण हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा उनका ज्वाइँ जेरेड कुश्नर पश्चिम एशियाको भ्रमणमा आउनु अघि अल–हय्याको कायरो भ्रमण हुन लागेको हो । कुश्नरले अर्को साता इजरायल र इजिप्टको भ्रमण गर्दैछन् । यस भ्रमणमा गाजासम्बन्धी योजनामा देखिएका मतभेद कम गर्ने प्रयास हुने अपेक्षा गरिएको छ । उनीसँग बोर्ड अफ पिसका गाजासम्बन्धी उच्च प्रतिनिधि निकोलाय म्लादेनोभ पनि रहनेछन् ।
Read full story at source (ratopati.com)