जाजरकोटमा पहिरो : २ जनाको मृत्यु, ६ घाइते, २ बेपत्ता
annapurnapost.com · Sun Aug 16 04:40:15 GMT 2026

काठमाडौं : अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिका-२ मा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। आइतबार दिउँसो करिब ४ बजे अविरल वर्षाका कारण पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन्।
पहिरोमा परी भेरी नगरपालिका-२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा साउन ३१ गते बिहान ४:५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि भेरी नगरपालिका-२ फारुलाका करिब ५४ वर्षीय उमासिंह खत्री आफ्नै घर भत्किएर पुरिएको अवस्थामा बिहान ८:५५ बजे मृत फेला परेका थिए।
Read full story at source (annapurnapost.com)