इजरायलमा नेतान्याहुको दलले चुनाव हार्न सक्ने प्रक्षेपण
corporatenepal.com · Sun Aug 16 04:41:35 GMT 2026

काठमाडौं । इजरायलमा आगामी अक्टोबर २७ मा हुने निर्वाचन नजिकिँदै गर्दा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको लिकुड पार्टीलाई पूर्वसेना प्रमुख गादी आइजेनकोट नेतृत्वको विपक्षी दलले कडा चुनौती दिएको छ। बिहीबार सार्वजनिक ‘जमान इजरायल’को पछिल्लो सर्वेक्षणअनुसार आइजेनकोट नेतृत्वको यसार पार्टीले २५ सिट जित्ने अनुमान गरिएको छ । त्यस्तै, नेतान्याहूको लिकुड पार्टी २१ सिटमा सीमित हुने प्रक्षेपण गरिएको छ। यसअनुसार यसारले लिकुडलाई चार सिटले पछि पार्ने देखिएको छ।
पछिल्ला केही सातामा सार्वजनिक भएका अधिकांश सर्वेक्षणमा पनि यसारले अग्रता कायम गर्दै आएको थियो । तर यसअघि दुई दलबीचको मतान्तर निकै साँघुरो देखिन्थ्यो । केही सर्वेक्षणमा दुवै दल बराबरीमा देखिएका थिए भने कतिपयमा लिकुडभन्दा यसार एक वा दुई सिट मात्र अगाडि रहेको अनुमान गरिएको थियो । पछिल्लो सर्वेक्षणले भने दुई प्रमुख दलबीचको अन्तर चार सिटसम्म पुगेको देखाएको छ । यसले निर्वाचनको मिति नजिकिँदै गर्दा नेतान्याहूका लागि राजनीतिक चुनौती थपिएको संकेत गरेको छ।
Read full story at source (corporatenepal.com)