‘उरन्ठेउला’लाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आयो : ओली
baahrakhari.com · Sun Aug 16 04:49:03 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् । शनिबार (साउन ३०) इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकमा उनले अदूरदर्शी र अनुभव नभएका शक्तिका कारण मुलुक संकटतर्फ धकेलिएको जिकिर गरेका हुन् ।
उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)प्रति संकेत गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरे । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए ।
Read full story at source (baahrakhari.com)