जाजरकोटको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुग्यो
ratopati.com · Sun Aug 16 04:51:41 GMT 2026

जाजरकोट । अविरल वर्षाको कारण जाजरकोट जिल्लाको भेरी नगरपालिका–२ स्थित रिसाङ इलाकामा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता भएका अन्य दुई जनाको खोजीकार्य जारी राखिएको छ ।
हिजो साँझ ५ः३० बजे आएको उक्त पहिरोमा परी जिल्ला अस्पताल जाजरकोटमा उपचार पश्चात् नेपालगन्ज रिफर भई मेडिकल कलेज कोहलपुरमा उपचाररत सोही नगरपालिका–२ साल्धारा बस्ने ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी बेपत्ता ४ जना मध्य सोही ठाउँ बस्ने ५४ वर्षीय उमा सिंह खत्री र ८३ वर्षीय रति खत्रीको शव खोजी कार्यको क्रममा फेला पारिएको छ ।
Read full story at source (ratopati.com)