जाजरकोटमा पहिरोमा परी एक जनाको मृत्यु, तीन बेपत्ता
bishowkhabar.com · Sun Aug 16 05:04:23 GMT 2026

काठमाडौं– अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार पहिरोमा परी रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परी सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्। घटनामा नौ जना घाइते भएका छन्।
Read full story at source (bishowkhabar.com)