भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, ९ जनाको मृत्यु
clickmandu.com · Sun Aug 16 05:14:28 GMT 2026

एजेन्सी । पूर्वी जापानमा परेको भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ ।
अभूतपूर्व स्तरको भारी वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन् । बिहीबार रातिदेखि सुरु भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढाउनुका साथै विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । मौसमविद्हरूले पहिलोपटक चिबा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए ।
Read full story at source (clickmandu.com)