वीरगंजमा मानव निर्मित ताल बनाउन पर्यटन मन्त्रीसंग आग्रह
aarthiknews.com

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति एबम पर्सा १ का सांसद हरि पन्तले साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री गणेश पौडेलसंग वीरगंजमा पनि पर्यटकीय गतिविधि बढाउन सर्लाहीको भरतताल जस्तै मानव निर्मित ताल बनाइदिन अनुरोध गरेका छन ।
शनिबार मन्त्री पौडेलसंग स्थानीय क्लासिक ब्यान्क्वेटमा भएको स्थानीय नेताकार्यकर्ताहरुको भेटघाट कार्यक्रममा सांसद पन्तले पर्यटन मन्त्री समक्ष उक्त प्रस्ताव राखेका हुन । पन्तको आग्रहलाई सम्बोधन गर्दै पर्यटन मन्त्री पौडेलले स्थानीय सरकारले ताललाइ चाहिने आबश्यक जग्गा उपलब्ध गराए संघीय सरकारले बिरगंजको पर्यटन प्रबर्द्धनको लागी ताल निर्माणका लागि बजेट बिनियोजन गर्ने बताएका थिए ।
Read full story at source (aarthiknews.com)