भारतीय प्रधानसेनापति नेपाल भ्रमणमा आउँदै
canadanepal.com · Sun Aug 16 05:15:09 GMT 2026

काठमाडौँ - भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार नेपाल भ्रमणमा आउँदै छन्। सन् २०२६ जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ आइतबार अपराह्न ४ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ।
नेपाल भ्रमणका क्रममा भारतीय प्रधानसेनापति सेठलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिनेछ। नेपाल र भारतबीच सन् १९५० देखि दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।
Read full story at source (canadanepal.com)