बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
emountaintv.com · Sun Aug 16 05:27:13 GMT 2026
काठमाडौँ । कुनै समय नेपालमा विद्युत अभाव राष्ट्रिय संकट थियो । अहिले परिस्थिति उल्टिएको छ । नेपाल करिव १ हजार ६ सय ९० मेगावाटसम्म विद्युत आपूर्ति गर्न सक्ने अवस्थामा पुगेको छ । करिव २ हजार २ सय मेगावाट स्थापित (जडित) क्षमता पुगिसकेको छ । नेपाल विद्युत प्राधिकरणसँग करिव ७ हजार मेगावाटको विद्युत खरिद सम्झौता भइसकेको छ भने ३ देखि ४ हजार मेगावाट निर्माणाधीन छन् र थप ठूलो परिमाणका आयोजना पीपीए तथा उत्पादन प्रक्रियाका विभिन्न चरणमा छन् ।यससँगै नेपालको ऊर्जा क्षेत्रको आधारभुत प्रश्न बदलिएको छ । अब समस्या बिजुली उत्पादन गर्न सकिन्छ कि सकिँदैन भन्ने होइन । उत्पादित बिजुली कसरी व्यवस्थापन गर्ने, कहाँ बेच्ने, कसरी प्रसारण गर्ने र त्यसबाट मुलुकले कति आर्थिक मूल्य सिर्जना गर्ने भन्ने हो । विशेषगरी वर्षा याममा उत्पादन र मागबीचको अन्तर अझ बढ्ने भएकाले यो प्रश्न थप गम्भीर हुँदै गएको छ । नेपाल विद्युत प्राधिकरणका का.मु. कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठकाअनुसार उत्पादन क्षमता बढ्दै जाँदा प्रणाली क्रमशः सरप्लसतर्फ जाँदैछ । करिव ७ हजार मेगावाटको पीपीए भइसकेको र निर्माण तथा पीपीएको प्रक्रियामा रहेका आयोजनामा निजी क्षेत्र र सर्वसाधारणको ठूलो लगानी जोडिएको छ । त्यसैले अब बजार निर्माण गर्नु निजी क्षेत्रलाई सुविधा दिने विषय मात्र होइन, लगानी सुरक्षाको प्रश्न पनि हो । यसको अर्थ नेपालको ऊर्जा नीति अब उत्पादन थप्ने योजनाभन्दा धेरै ठूलो विषय बनेको छ । उत्पादन, प्रसारण, वितरण र व्यापारका भुमिकालाई स्पष्ट गर्दै प्रतिष्पर्धी विद्युत बजार निर्माण गर्नुपर्ने अवस्था आएको छ ।
विद्युत व्यापारका लागि नयाँ कानून नै पर्खिरहनुपर्छ भन्ने छैन
Read full story at source (emountaintv.com)