जनकपुरधाममा झुलनोत्सवको उल्लास (फोटो फिचर)
nepalnews.com · Sun Aug 16 05:34:15 GMT 2026

जनकपुरधाम। जनकपुरधाममा अहिले झुलनोत्सव महोत्सवको उल्लास छाएको छ। जनकपुरधामका हरेक मठमन्दिरमा साँझ धार्मिक गीत गाउँदै भव्य रूपमा झुला महोत्सव आयोजना हुँदै आएको छ।
साउन शुक्ल तृतीया तिथिबाट सुरु भएको झुलनोत्सव साउन पूर्णिमा अर्थात् रक्षा बन्धनको दिनसम्म चल्नेछ। झुला महोत्सवको पहिलो दिन जनकपुरधामस्थित रंगभूमि मैदानमा सबै मठमन्दिरबाट भगवान् रामको डोला ल्याउने परम्परा रहेको छ। त्यहाँ केही समय राखेर विशेष आरती आयोजना गरिन्छ, जसलाई मणि पर्वत भनिन्छ।
Read full story at source (nepalnews.com)