किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदै
ratopati.com · Sun Aug 16 06:11:58 GMT 2026
काठमाडौँ । किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । कुल २८ टोली सहभागी हुने खेलको शनिबार रोयल स्पोर्ट्स पार्कमा आयोजकले टाइ–सिट ‘ड्र’ सार्वजनिक गरेको छ ।
सहभागी टोलीहरूलाई ७ समूहमा विभाजन गरिएको छ भने हरेक समूहमा ४ टोली रहेका छन् । प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ । समूह चरणको प्रतिस्पर्धापछि छनोट भएका टोलीहरू राउन्ड अफ १६ मा प्रवेश गर्नेछन् र त्यसपछि नकआउट चरण हुँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । भोलिदेखि सुरु हुने प्रतियोगिता आउँदो भाद्र ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा कुल ५७ खेल खेलाइनेछन् ।
Read full story at source (ratopati.com)