स्पेन्स सन् २०३१ सम्म इन्टर मिलानमा रहने
baahrakhari.com · Sun Aug 16 06:12:27 GMT 2026
काठमाडौं । इटालियन क्लब इन्टर मिलानले इंग्लिस विंगर जेड स्पेन्सलाई टोटनहमबाट भित्र्याएको छ ।
मिलानले शनिबार स्पेन्ससँग सन् २०३१ सम्मको लागि सम्झौता भएको जनाएको हो । क्लबले सम्झौता रकम नखुलाए पनि इंग्लिस सञ्चारमाध्यमहरूले उनलाई क्लबले ३० मिलिन पाउण्डमा भित्र्याएको रिपोर्ट सार्वजनिक गरेका छन् ।