ढ्याङ्ग्रो
nagariknews.nagariknetwork.com · Sun Aug 16 06:04:26 GMT 2026

मूल्याङ्कनको क्रम चलिरहेको थियो। पहिलो निर्णायकको हातमा स्याने सार्कीको कविता पर्यो। कविता यति शक्तिशाली थियो कि निर्णायकज्यूको सातोपुत्लो उड्यो। उनलाई भित्रभित्रै एक किसिमको जलन जस्तो भएर आयो। तुरुन्तै कवितालाई शून्य अङ्क दिएर उनी अन्य कविता पढ्नतिर लागे।
दोस्रो निर्णायकको हातमा पनि उक्त कविता पर्न गयो। अभिव्यक्ति, भाव, चेतना, विचार आदि जम्मैले कविता एक नम्बर थियो तर उनलाई पनि कविताले पिरोलेन मात्रै अशान्ति नै गरायो। उनले पनि कवितालाई शून्य अंक प्रदान गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)