ग्यास लिन बिहानैदेखि उपभोक्ताको भीड (तस्बिरहरू)
makalukhabar.com · Sun Aug 16 07:13:30 GMT 2026

काठमाडौँ। विगत केही महिना अघिदेखि बजारमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएसँगै काठमाडौँ उपत्यकाका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन उपभोक्ताको भीड लागेको छ। नेपाल आयल निगमले अत्यावश्यक उपभोक्तालाई लक्षित गर्दै आइतबार पनि उपत्यकाका सात स्थानहरू टेकुस्थित निगमको परिसर, पशु सेवा शाखा चपली बुढानीलकण्ठ, राधा स्वामी परिसर कीर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिकाको परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्दै छ।
यसअघि हिजो शनिवार निगमले आफ्नो कार्यालय टेकु परिसरसहित विभिन्न पाँच बिक्री केन्द्रबाट ६८०२ वटा सिलिन्डर उपभोक्तालाई विक्री गरेको थियो। केही ब्रान्डका सिलिन्डर अपुग भएपछि लाइनमा बसेका उपभोक्तालाई कुपनमार्फत अर्को दिन अर्थात् आज प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था निगमले गरेको छ।
Read full story at source (makalukhabar.com)