जाजरकोट पहिरो अपडेट : ४ जनाको मृत्यु
kalakarmi.com · Sun Aug 16 07:17:28 GMT 2026

जाजरकोट- जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ६ जना घाइते भएका थिए जसमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।
शनिवार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्किनुका साथै केही परिवार विस्थापित भएका छन् । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा परिचालन गरिएको छ ।
Read full story at source (kalakarmi.com)