माखाचेभले बनाए यूएफसीमा लगातार १७ जितको कीर्तिमान
ratopati.com · Sun Aug 16 07:35:20 GMT 2026
काठमाडौँ । रुसका इस्लाम माखाचेभले यूएफसी वेल्टरवेट च्याम्पियनसिपको उपाधि सफलतापूर्वक रक्षा गरेका छन् । उनले आयरल्याण्डका इयान माचाडो ग्यारीलाई सर्वसम्मत निर्णयका आधारमा पराजित गर्दै उपाधि जोगाएका हुन् ।
पेन्सिलभेनियाको फिलाडेल्फियामा शनिबार राति भएको यूएफसी ३३० को मुख्य खेलमा माखाचेभले ग्यारीलाई ४९–४६, ४९–४६ र ४८–४७ को स्कोरमा हराए । यो जितसँगै माखाचेभले लगातार १७ वटा फाइट जित्ने कीर्तिमान बनाएका छन् । उनले यूएफसी हल अफ फेमर एन्डरसन सिल्भाको लगातार १६ जितको कीर्तिमानसमेत तोडेका छन् । सिल्भाले सन् २००६ देखि २०१३ सम्म लगातार १६ फाइट जितेका थिए ।
Read full story at source (ratopati.com)