जाजरकोटको रिसाङमा पहिरोको त्रास : २०० भन्दा बढी सर्वसाधारण सुरक्षित स्थानमा सारिए
ratopati.com · Sun Aug 16 07:44:41 GMT 2026

जाजरकोट । पहिरोको उच्च जोखिममा रहेका जाजरकोट भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका दुई सयभन्दा बढी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ । रिसाङ क्षेत्रका करिब ६० देखि ७० घरपरिवारका १५० देखि २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ।
यसैगरी झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जना गरी थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण विभिन्न स्थानमा सडक तथा पैदल मार्ग अवरुद्ध बनेका छन्।
Read full story at source (ratopati.com)