पब्जी विश्वकपमा नेपाली टोली ‘होरा ईस्पोर्ट्स’को प्रदर्शन खस्कियो, शीर्ष टोलीभन्दा ५४ अङ्कले पछाडि
techpana.com · Sun Aug 16 07:41:13 GMT 2026
काठमाडौं । पब्जी मोबाइल विश्वकपको फाइनल चरण अन्तर्गत दोस्रो दिनको खेल सकिँदा नेपाली टोली ‘होरा ईस्पोर्ट्स’को प्रदर्शन कमजोर बनेको छ । प्रतियोगिताका १२ खेल सकिँदा होराले कूल ५८ अङ्क मात्र जोडेको छ, जुन शीर्ष स्थानमा रहेको टोलीभन्दा ५४ अङ्क कम हो ।
नेपाली टोली होरा इस्पोर्ट्सले १२ खेलबाट ४१ इलिमिनेसन (किल) पोइन्ट र १७ प्लेसमेन्ट पोइन्ट गरी कुल ५८ अङ्क हासिल गरेको छ । दोस्रो दिनसम्म आइपुग्दा अपेक्षा अनुसार खेल प्रदर्शन गर्न नसकेपछि नेपाली टोली अङ्क तालिकाको तल्लो स्थानतिर धकेलिएको छ ।
Read full story at source (techpana.com)