सुस्मिता बनिन् प्रोफेसनल एमएमएको डेब्यूमै जित निकाल्ने पहिलो नेपाली महिला
ratopati.com · Sun Aug 16 08:00:45 GMT 2026
काठमाडौँ । नेपाली महिला एमएमए खेलाडी सुस्मिता थापामगरले प्रोफेसनल मिक्स मार्सल आट्र्स (एमएमए) मा ऐतिहासिक जित दर्ता गरेकी छन् । भारतको बेंगलुरुमा गएराति सम्पन्न रोनिन एफसी–३ अन्तर्गतको प्रतिस्पर्धामा सुस्मिताले घरेलु खेलाडी शालु शर्मालाई पराजित गर्दै प्रोफेसनल एमएमएमा विजयी सुरुवात गरेकी हुन् ।
योसँगै सुस्मिता प्रोफेसनल एमएमएमा जित हात पार्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन् । प्रोफेसनल करिअरको डेब्यु खेलमै जित निकाल्दै उनले नेपाली महिला एमएमएको इतिहासमा नयाँ कीर्तिमान बनाएकी हुन् ।
Read full story at source (ratopati.com)