युवा पुस्तामा नयाँ ऊर्जा, सोच र हुटहुटी छ : विद्या भण्डारी
ratopati.com · Sun Aug 16 08:43:51 GMT 2026

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु नहुने बताएकी छन् । जननेता मदन भण्डारीको विचारसँग आबद्ध विद्यार्थीहरूको संस्था मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आइतबार काठमाडौँमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
‘राजनीतिमा युवाहरूको सहभागिता केवल नारामा सीमित हुनु हुँदैन । राजनीति निर्वाचनका बेला मत माग्ने वा दिने विषय मात्र होइन’, भण्डारीको भनाइ छ । उनले समाजलाई बुझ्ने, जनताको आवाज सुन्ने, नीति निर्माणमा आफ्नो भूमिका खोज्ने र देशको विकास तथा परिवर्तनमा रचनात्मक योगदान गर्ने निरन्तर प्रक्रिया भएको पनि बताइन् ।
Read full story at source (ratopati.com)