धनुषामा करेन्ट लागेर महिलाको मृत्यु
onlinekhabar.com · Sun Aug 16 08:45:39 GMT 2026

३१ साउन, जनकपुरधाम । धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको एकडारा नगरपालिका–१ बस्ने रविन्द्र महतोकी २३ वर्षीया पत्नी पुनिताकुमारी महतो रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेका अनुसार पुनिता जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियास्थित भिनाजु सन्देश महतोको घरमा आएका बेला घटना भएको हो ।
Read full story at source (onlinekhabar.com)